Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से २७.३२ अंकले घट्यो


नेप्से २७.३२ अंकले घट्यो

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक २७.३२ अंकले घटेको छ । एक प्रतिशतले घटेको सेयर बजार २५३६.११ विन्दूमा सीमित भएको हो । नेप्से परिसूचक अंक घटे पनि कारोबार बढेको छ । कुल ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब २० करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कुल ४६ कम्पनीको मूल्य बढ्यो भने १९४ कम्पनीको मूल्य घट्यो । २ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।

फाइनान्स र होटल तथा पर्यटन उपसमुह बढ्यो भने अन्य उपसमुह घट्यो । फाइनान्स ३३.८१ अंक र होटल तथा पर्यटन ८.५९ अंकले बढ्यो । सबैभन्दा बढी व्यापार उपसमुह ११९.५२ अंकले घट्यो । हाइड्रोपावर ५०.४३ अंक, जीवन बिमा ३८.१२, उतपादन तथा प्रशोधन ७१.४४ अंकले घट्यो । बोटलर्स नेपाल (तराई), एसियन हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।

चन्द्रागिसिर हिल्स, समृद्धि फाइनान्स कम्पनीको मूल्य क्रमश ९.९७ प्रतिशत र ९.६५ प्रतिशतले मूल्य बढ्यो । कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, माथिल्लो तामाकोसी अघि रह्यो । हिमालयन रिइन्स्योरेन्सको ३६ करोड ७ लाख ४६ हजार रुपैयाँको कारोबार भयो ।