Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लगानी सम्मेलन : उद्योग विभागअन्तर्गत ९ अर्ब १३ करोड विदेशी लगानी स्वीकृत

बिजनेस कम्प्लेक्स निर्माणको प्रस्तावमा ३ अर्बको लग...


लगानी सम्मेलन : उद्योग विभागअन्तर्गत ९ अर्ब १३ करोड विदेशी लगानी स्वीकृत

काठमाडौं । लगानी सम्मेलनको अवसर पारेर उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेका छन्।

उद्योग मन्त्रालयले उद्योग विभागमा आएका प्रस्तावलाई स्वीकृत गरेको हो।

मन्त्री भण्डारीले ती लगानीकर्ताहरुलाई सोमबार प्रमाणपत्र समेत दिएका छन्। स्वीकृतमध्ये एउटा व्यक्तिगत लगानी चिनियाँ छ। जसको बहुउद्देश्य राखिएको मन्त्रालयले जनाएको छ। इन्भेष्टमेन्ट कम्पनीमार्फत यो लगानी गर्ने प्रतिबद्धता छ।


त्यसमा ६ अर्बको लगानी प्रस्ताव गरिएको छ। यसबाहेक दोस्रोमा एस एण्ड जेजी इन्भेस्टमेन्ट कम्पनी अस्ट्रेलियाको लगानी पनि स्वीकृत भएको छ। बिजनेस कम्प्लेक्स बनाउने भनिएको प्रस्तावमा ३ अर्बको लगानी हुने भनिएको छ।

तेस्रोमा बेलायती लगानीकर्ताको १३ करोड लगानी प्रस्ताव गरिएको छ। यसबाट २ सय किलोवाटको जलविद्युत् आयोजना बनाउने उल्लेख छ।

नेपालमा विदेशी लगानी स्वीकृत गर्ने दुई निकाय छन्। लगानी बोर्ड र उद्योग विभागले विदेशी लगानी स्वीकृत गर्ने गर्छ। बोर्डले ६ अर्बभन्दा माथिको लगानी स्वीकृत गर्ने गर्छ भने सोभन्दा कम विदेशी लगानी उद्योग विभागमार्फत स्वीकृत हुन्छ।