Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जेठसम्म महंगी ६.८३ प्रतिशतमा झर्योः राष्ट्र बैंक [प्रतिवेदन सहित]

महंगी घट्योः


जेठसम्म महंगी ६.८३ प्रतिशतमा झर्योः राष्ट्र बैंक [प्रतिवेदन सहित]

काठमाडौं, २५ असार । नेपाल राष्ट्र बैंकले महंगी घटेको प्रतिवेदन सार्वजनिक गरेको छ । केन्द्रिय बैंकले चालु आर्थिक वर्षको ११ महिनाको प्रतिवेदन सार्वजनिक गर्दै जेठसम्म महंगी        ६.८३ प्रतिशतमा झरेको देखाएको छ । जबकी बैशाख मसान्तसम्म ७.४१ प्रतिशत महंगी थियो । अघिल्लो वर्षको जेठ महिनाकै महंगीको अवस्थालाई तुलना गर्दा पनि यो जेठमा महंगी निकै घटेको छ । अघिल्लो महिना यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो । अहिले खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ ।
यस्तै रेमिट्यान्स आप्रवाहमा पनि उत्साह देखिएको छ । ११ महिनामै ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयााले रेमिट्यान्स नेपाल आएको छ । यो २२।७ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४।१ प्रतिशतले बढेको थियो ।

यता विदेशी मुद्रा सञ्चिती पनि करिब १५ खर्ब नजिक पुगेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले बढेर जेठ मसान्तमा १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १८.५ प्रतिशतले वढेर ११ अर्ब ३० करोड कायम भएको छ । आर्थिक वर्ष २०७९-८० को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७।५ प्रतिशत, ८०.३ प्रतिशत र २५.० प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी नुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

राष्ट्र बैंक प्रतिवेदन: