Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

दोधारा चादँनी नाका आर्थिक नाकाका रुपमा विकास गरिनेः मन्त्री साउद


दोधारा चादँनी नाका आर्थिक नाकाका रुपमा विकास गरिनेः मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले कञ्चनपुरको दोधारा चादँनी नाका सुदूरपश्चिमको मात्र नभइ मुलुकको आर्थिक नाकाका रुपमा विकास हुने गरी काम अघि बढेको जानकारी दिए ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आज (आइतबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दोधारा चादँनी सुख्खा बन्दरगाह प्रक्रिया अघि बढ्नुका साथै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भइसकेको बताए ।

दोधारा चादँनी नाका तीव्र गतिमा खुल्ने सन्र्दभमा अघि बढेको जनाउँदै उनले बनबासा पुलमा आवागमन सहज बनाउनेदेखि विदेशी पर्यटकलाई नाकामा आउनजान सहज गर्ने विषयमा पहल गर्ने बताए ।

कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष, पूर्व पदाधिकारी, व्यापारी तथा व्यवसायीले सीमा समस्या, यहाँको पर्यटकीय तथा उद्योगिक क्षेत्रको विकास, व्यापारी तथा व्यसायीका पिरमर्का लगायतका विषयमा धारणा राखेका थिए ।