Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साताको पहिलोदिन पनि शेयर बजार बढेन


साताको पहिलोदिन पनि शेयर बजार बढेन

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब २१.४६ अंकले घटेको छ । यो सँगै समग्र नेप्से परिसूचक १ हजार ८ सय २६.२३ विन्दुमा ओर्लेको छ ।

गत बिहीबारको तुलनामा यो १.१६ प्रतिशत कम हो । गत साता अधिकांश दिन ऋणात्मक रहेको नेप्सेले यो साताको पहिलो दिन पनि सोही प्रवृत्ति पछ्याएको हो । आइतबार ३९ हजार ३ सय २२ वटा कारोबारबाट २ सय ८९ कम्पनीका ३५ लाख ५८ हजार ५५४ कित्ता शेयर किनबेच भए ।

ती किनबेचमा ५७ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा आइतबार नेप्से परिसूचक घटे पनि कारोबार रकम बढेको हो ।

गत बिहीबार ९६ करोड ४४ लाख रुपैयाँ बराबरको शे‍यर कारोबार भएको थियो । आइतबार कारोबारमा आएकामध्ये ३५ वटा कम्पनीको शेयर मूल्य बढ्यो, १९७ कम्पनीको घट्यो र ४ वटा कम्पनीको शेयर मूल्य स्थिर छ । यो सँगै शेयर बजारको आकार कुल बजार पुँजीकरण २८ खर्ब ४६ अर्ब रुपैयाँ कायम भएको छ ।