Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

जेट एयरवेज पुनः सञ्चालनमा आउने, जेकेसीले करिब १४ अर्ब भारु लगानी गर्दै


जेट एयरवेज पुनः सञ्चालनमा आउने, जेकेसीले करिब १४ अर्ब भारु लगानी गर्दै

एजेन्सी । चार वर्षदेखि ‘ग्राउन्डेड’ भारतको निजी वायुसेवा कम्पनी जेट एयरवेज पुनः सञ्चालनमा आउने भएको छ।

सन् २०१९ देखि ग्राउन्डेड जेट एयरवेज ‘जलान क्यालरक कन्सोर्टियम’ (जेकेसी) ले सञ्चालन गर्न लागेको हो।

जेकेसीले जेट सञ्चालन गर्न १३ अर्ब ७५ करोड भारु लगानी गर्ने भएको छ। जसअनुसार ९ अर्ब पुँजी लगानी र बाँकी ४ अर्ब ७५ करोड भारु ऋण तिर्न खर्चिने छ। त्यसमध्ये ३ अर्ब ८० करोड बैंक ऋण तिर्ने छ। जेकेसीले जेट एयरवेजको ८९.७९ प्रतिशत स्वामित्व लिएको छ भने ९.५ प्रतिशत ऋणदाताको स्वामित्व रहने गरी लगानी संरचना तयार पारिएको छ।

जेकेसीले जेट एयरवेज पुनः सञ्चालन गर्न भारतको नागरिक उड्डयन महानिर्देशकको कार्यालयबाट सोमबार वायुसेवा सञ्चालन अनुमति प्राप्त गरेको छ। ग्राउन्डेड भएको दुई वर्षभन्दा बढी समयपछि फेरि जेटलाई आकासमा लैजाने तयारी भएको छ। योसँगै जेट एयरवेजको पुनरुत्थान हुन पुगेको छ।

नागरिक उड्डयन महानिर्देशकको कार्यालयले सञ्चालन अनुमति दिएपछि सोमबार बम्बई स्टक एक्सचेन्जमा जेट एयरवेजको सेयर मूल्य ५ प्रतिशत बढेर ५०.८० भारु पुगेको छ।