Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कफीको समर्थन मूल्य तोकियो, काँचो कफीको न्यूनतम मूल्य कति ?


कफीको समर्थन मूल्य तोकियो, काँचो कफीको न्यूनतम  मूल्य कति ?

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चालु आर्थिक वर्षको लागि कफीको समर्थन मूल्य तोकेको छ । बोर्डले १९ औं राष्ट्रिय कफी दिवसको अवसरमा मंसिर १ देखि कार्यन्वयन हुने गरी समर्थन मूल्य तोकेको हो । बोर्डले 'फ्रेस चेरी कफी ग्रेड ए' प्रतिकिलो सय रुपैयाँ र 'फ्रेस चेरी कफी ग्रेड बी' को प्रतिकिलो ९० रुपैयाँ मूल्य तोकेको छ । 'पार्चमेन्ट कफी ग्रेड ए' को प्रतिकिलो ५ सय र 'पार्चमेन्ट कफी ग्रेड बी' को प्रतिकिलो ४५० रुपैयाँ मूल्य तोकेको छ ।

बोर्डका अनुसार 'ड्राई कफी चेरी ग्रेड ए' को २ सय र 'ड्राई कफी चेरी ग्रेड बी' को मूल्य प्रतिकिलो १५० रुपैयाँ तोकिएको छ । देशको बढ्दो व्यापार घाटा कम गर्नका लागि कृषि भित्रको अत्यन्त महत्त्वपूर्ण बालीको रुपमा कफीलाई लिन सकिने बोर्डले जनाएको छ । २०७२ सालबाट कफीको समर्थन मूल्य तोक्न थालेको बोर्डका प्रवक्ता दीपक खनालले बताए । त्यसअघि व्यापारी र कृषक मिलेर नै खरिदबिक्री गर्ने गरेको उनले सुनाए ।

विगत १० वर्षदेखि कफीको उत्पादन र क्षेत्र बिस्तार बढ्दै गएको उनको भनाइ छ । कफीको समर्थन मूल्य तोकिएपनि विक्री नभएको अवस्थामा सरकार आफैंले खरिद गर्ने अवस्था नरहेको उनले बताए । यद्यपी बोर्डले विभिन्न पालिकासँग समन्वय गरी कृषकका कफी खरिदबिक्री गर्ने वातावरण भने निर्माण गरिदिने गरेको उनको भनाइ छ ।

कृषकस्तरबाट उत्पादित काँचो कफीको न्यूनतम सहमत मूल्य

-फ्रेस चेरी कफी ग्रेड ए को प्रतिकिलो सय रुपैयाँ
-फ्रेस चेरी कफी ग्रेड बी को प्रतिकिलो ९० रुपैयाँ
-पार्चमेन्ट कफी ग्रेड ए को प्रतिकिलो ५ सय रुपैयाँ
-पार्चमेन्ट कफी ग्रेड बी को प्रतिकिलो ४५० रुपैयाँ
-ड्राई कफी चेरी ग्रेड ए को दुई सय रुपैयाँ
-ड्राई कफी चेरी ग्रेड बी को १५० रुपैयाँ