Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘सांग्रिला न्यु इनर्जी नीति’ अवार्डबाट सम्मानित


‘सांग्रिला न्यु इनर्जी नीति’ अवार्डबाट सम्मानित

काठमाडौं । नेपालका लागि चांगान तथा दिपलका फ्युचरिस्टिक ईभीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि अटोकर्प प्रालि चांगानको प्रतिष्ठित ‘सांग्रिला न्यु इनर्जी नीति’ अवार्डबाट सम्मानित भएको छ ।

विद्युतीय सवारीसाधन विस्तारमा अद्वितीय योगदान पुर्‍याउनुका साथै नेपाली अटोमोबाइल बजारमा महत्त्वपूर्ण भूमिका निभाएको भन्दै दोस्रो ठूलो चिनियाँ अटोमोबाइल समूह चांगानले एमएडब्लू वृद्धिलाई यो अवार्ड प्रदान गरेको हो ।

एमएडब्लू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवाललाई चांगानको हेडक्वार्टर चीनको चोङकिङ प्रान्तमा जारी ‘चांगान ग्लोबल पार्टनर्स कन्फिरेन्स’मा यो अवार्ड हस्तान्तरण गरिएको हो । हरित र स्मार्ट भविष्यको विकास गर्दै दीर्घकालीन गतिशिलतामा एमएडब्लू वृद्धिको प्रतिबद्धता र नेपालमा ईभीको सफल प्रवर्द्धनलाई मध्यनजर गरी यो अवार्ड दिइएको चांगान ग्लोबलले जनाएको छ ।