Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुन तस्करी जाँचबुझ प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन


सुन तस्करी जाँचबुझ प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । पछिल्लो समय सुन तस्करी घटनाका विषयमा विभिन्न अट्कलबाजी हुदैँ गर्दा गृहमन्त्री रवि लामिछानेले थप चासो व्यक्त गर्न थालेका छन् । उनले आज बिहान मात्रै सुनको तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन ।

आइतबार मन्त्री लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका छन् । मन्त्रालयमा भएको छलफलमा मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका हुन् । सुन तस्करीमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ परिसकेका छन् । त्यस्तै पूर्वसभामुख कृष्णबहादुर महरालाई पनि मुद्दा चलाउन सिफारिस भएको छ ।