Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

ईसेवा मनि ट्रान्स्फरबाट रेमिट्यान्स पठाउने एक जनालाई काठमाडौंमा घर उपहार


ईसेवा मनि ट्रान्स्फरबाट रेमिट्यान्स पठाउने एक जनालाई काठमाडौंमा घर उपहार

काठमाडौं । ईसेवा मनि ट्रान्स्फरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउने एक जनालाई काठमाडौंमा घर दिने योजना सार्वजनिक गरेको छ । ईसेवा मनि ट्रान्स्फरले ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिदै फेरी काठमाडौँमा घर जित्ने योजना सार्वजनिक गरेको छ ।

आज देखि सुरु भएको अभियान आगामी वर्ष २०८१ असार ३१, सम्म जारी रहनेछ । १० महिने यस अभियानमा अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरुले इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् ।

अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनाको पैसा डबल र बम्पर उपहारमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन् । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटल तर्फ लैजाने अभिप्रायका साथ अभियान सुरु गरिएको हो कम्पनीले जनाएको छ ।