Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कोही पनि सामाजिक सुरक्षा कोषको दायराबाट बाहिर हुँदैनः प्रधानमन्त्री पुष्पकमल दाहाल


कोही पनि सामाजिक सुरक्षा कोषको दायराबाट बाहिर  हुँदैनः प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौं, श्रावण ३१ । प्रधानमन्त्री दाहालले अब कोही पनि सामाजिक सुरक्षा कोषको दायराबाट बाहिर नहुने बताएका छन्। बुधबार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिहरू सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्यक्रमको घोषणा गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। यो कार्यक्रम घोषणा गर्न पाउँदा आफू निकै हर्षित भएको उनले बताएका छन्। राष्ट्रको दुरगामी प्रभाव पार्ने र श्रमिकहरूको अधिकार स्थापना गर्ने प्रणालीको साक्षी हुने अवसर पाउने यस्तो प्रधानमन्त्री मध्ये म पनि एक हुन पाएकोमा गर्वको अनुभूति गर्दछु उनले भने।

यसलाई गहिरो जिम्मेवारीका रूपमा लिएर अघि बढ्ने प्रतिवद्धता प्रधानमन्त्री प्रधानमन्त्रीले बताए। श्रमिक इतिहासका निर्माता र देशको समृद्धिका संवाहक पनि हुन्। समाज निर्माणको आधारभूत वर्गका रूपमा रहेको तर सधै तल परेको अन्यायमा परेका उनीहरूको अधिकार स्थापना गर्दै सामाजिक सुरक्षाको हक अनुभूति हुनेगरी कार्यान्वयन गर्न नसकेसम्म संविधानमा उल्लेख गरिएको मूल मर्म कार्यान्वयन भएको मानिने छैन उनले भने। अनौपचारिक क्षेत्रमा कार्यरत करिब ५० लाख श्रमिकहरूलाई सरकारले कोषमा आवद्ध गराउने दाहालले बताए।

आफूले सुभारम्भ गरेको वैदेशिक रोजगारीमा जानेका लागि सामाजिक सुरक्षामा पनि श्रमिकहरूको उल्लेख्य आवद्धता रहेको उल्लेख गरे छोटो समयमा वैदेशिक रोजगारीमा गएका ३ लाख श्रमिक कोषमा आवद्ध भएको उनले बताएका छन्। सरकारी निकायमा करारमा कार्यरत श्रमिकहरूलाई पनि छिट्टै कोषको दायरामा ल्याइने उनको भनाइ छ। पहिलो चरणमा सामाजिक सुरक्षा कोषमा करारमा कार्यरत श्रमिकहरूलाई कोषमा समेटिने उनले बताए।