काठमाडौं ४, साउन । पर्यटनमन्त्री सुदन किराती र नेपालका लागि कोरियाली राजदूत प्राक तेइयुङबीच आज भेटवार्ता भएको छ ।
बिहीबार भएको भेटमा मन्त्री किराँतीले सिधा हवाइ उडानबारे छलफल गरेका छन् ।
मन्त्री किरातीले नेपाल एयरलाइन्सको नेपाल कोरिया सिधा उडानबारे राजदूत तेइयुङसँग प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, इपिएसमार्फत् गएका श्रमिकहरूको सेवासुविधा र सुरक्षाबारेमा पनि छलफल भएको छ ।