Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

२८ नवीनतम सोचलाई १ करोड ४० लाख लगानी गर्दै केयू


२८ नवीनतम सोचलाई १ करोड ४० लाख लगानी गर्दै केयू

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले नवीनतम सोच भएका परियोजनाका लागि १ करोड ४० रुपैयाँ लगानी गर्ने भएको छ । केयूले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकार सहयोगको इनरजाइज नेपाल कार्यक्रमले नवीनतम सोचसहितको विभिन्न व्यवसायको प्रर्वद्धनका लागि लगानी गर्ने भएको हो ।

नवीनतम सोचदेखि व्यापारसम्म सहायता कार्यक्रमअन्तर्गत इनरजाइज नेपालले विनियोजन गरेको ४० लाख रुपैयाँमा ऊर्जासँग सम्बन्धित नवीनतम सोचलाई मात्र व्यापारमा परिणत गर्न रकम उपलब्ध गराइने विशवविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ऊर्जालगायत अन्य क्षेत्रमा भएका सोचलाई व्यापारमा परिणत गर्न १ करोड उपलब्ध गराइने पनि विज्ञप्तिमा जनाइएको छ ।

प्रत्येक नवीनतम सोचलाई ५ लाख गरी २८ नवीनतम सोचले परियोजनाबाट सहायता पाउने विज्ञप्तिमा बताइएको छ । कार्यक्रमका लागि विश्वविद्यालय अनुदान आयोगले एक करोड र इनरजाइल नेपालले केयूलाई ४० लाख रुपैयाँ उपलब्ध गराएको हो ।


‘नवीनतम सोचमा आधारित व्यापार र व्यवसायको प्रवर्द्धन गर्ने, यसमार्फत रोजगारी सिर्जना गर्ने र यसमार्फत विद्यार्थीदेखि लगानी गर्न चाहनेहरुसम्मका लागि अवसर सिर्जना गरी यसमार्फत देशको अर्थतन्त्रमा योगदान दिने उद्देश्यसहित कार्यक्रम सुरु गरेका हौं,’ इनरजाइज नेपालका आयोजना प्रबन्धक डा. विजय थापाले भने, ‘लगानीयोग्य प्रस्तावको मूल्यांकन दुई साताभित्र हुन्छ । उनीहरुको सोचको परियोजना लगानीयोग्य भए तुरुन्तै सहायता पाउनेछन् ।’ विद्यार्थीलगायतलाई उद्योग व्यवसायतर्फ आकर्षित गरी रोजगारी सिर्जना र अर्थतन्त्रमा योगदान दिने उद्देश्यले केयूले सन् २०१५ इन्कुबेसन सेन्टर स्थापना गरेको थियो ।