काठमाडौं, एनएमबी बैंकले २ करोड २० मिलियन अमेरिकी डलर ऋण प्राप्त गरेको छ।बैंकले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच इन्टरप्रेन्युरल डेभलपमेन्ट बैंक एफयमओबाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको हो।
बैंक र एफयमओबीचको यस साझेदारीमा एफयमओबाट बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम साना तथा मझौला उद्यम विकाश र प्रवर्द्धनको लागि प्राप्त भएको बताइएको छ। बैंकले हाल २०१ शखाहरूद्वारा बैंकिङ सेवा प्रदान गदै आएको छ।