Friday, November 14, 2025

२०८२ कार्तिक २९, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रिलेबलिङ गरेको पाइएपछि विशाल बजारको अब्सेसन कस्मेटिकलाई दुई लाख बढी जरिवाना


रिलेबलिङ गरेको पाइएपछि विशाल बजारको अब्सेसन कस्मेटिकलाई दुई लाख बढी जरिवाना

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कस्मेटिक प्रोडक्टको रिलेबलिङ गरेको पाइएपछि दुई लाख भन्दा बढी जरिवाना तिराएको छ ।

बजार अनुगमनमा गएको टोलीले बुधबार वस्तुमा रिलेबलिङ गरेको पाइएपछि विशाल बजारको अब्सेसन कस्मेटिकलाई २ लाख १ हजार रुपैयाँ जरिवाना गरेको हो । यस्तै बिलबिजक नराखेको पाइएपछि लगनखेलको द क्यान कस्मेटिक र कलंकीको प्याराडाइज सर्टिङ सुटिङ प्रालिलाई २०/२० हजार रुपैयाँ जरिवाना गराएको छ ।
 
कलंकीको लड्डु गोपाल फूड्स प्रालिलाई अनुगमन टोलीलाई अनुगमनका क्रममा सहयोग नगरेको कारण १५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले बुधबार १५ वटा पसलको अनुगमन गरेको थियो । यसमध्ये अन्य ११ वटा व्यवसाय तथा फर्मलाई सामान्य निर्देशन दिएको छ । 
image