Thursday, November 28, 2024

२०८१ मंसिर १३, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सत्तारुढ दलकै सांसदको फरक धारणा, मेटमनी चौधरीले भनेः गृहमन्त्रीले किन राजिनामा दिने ?


सत्तारुढ दलकै सांसदको फरक धारणा, मेटमनी चौधरीले भनेः गृहमन्त्रीले किन राजिनामा दिने ?

काठमाडौं । सत्तारुढ दल एकिकृत समाजवादीका नेता मेटमनी चौधरीले क्विन्टल सुन तस्करी प्रकरणको छानविनकै लागि गहृमन्त्रीले राजिनामा दिनु नपर्ने बताएका छन् ।
उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले क्विन्टल सुन तस्करी प्रकरणको छानविनमा देखाएको भूमिका महत्वपूर्ण रहेको भन्दै राजिनाको कुरै नहुने तर्क गरे । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै सांसद चौधरीले वर्तमान सरकारले भ्रष्टाचार, अनियमितता र कुसाशनलाई जरैदेखि उखेल्ने दावी गरे ।

क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानविन समितिको माग गर्दै एमालेले संसद अबरुद्ध गर्दै आईरहेको समयमा सत्तापक्षकै सांसदहरुबाट फरक–फरक मत आइरहेको अवस्थामा चौधरीले गृहमन्त्रीको राजिनामा समस्याको समाधान नभएको बताए ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, गृहमन्त्रीको राजिनामा त के ? अबको पुरै अवधी मन्त्रालयको नेतृत्व लिएर सबै खाले भ्रष्टचारीहरूका बास जेलमा गराउनुपर्दछ । यिनै भ्रष्टाचारिहरूका कारण – सुन्दर व्यवस्थामाथि प्रश्न चिन्ह उठेको छ । दलहरू बदनाम भइरहेका छन् । यसैले ठूला या साना, कालो या गोरो, होचो या अग्लो, पूर्ब या पश्चिम जोसुकै होस्, भ्रष्टाचारहरूका अनुहार मुलुकका जनताहरूले देख्न पाँउनुपर्दछ ।