काठमाडौं, भदौ ४ । स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो कुथेली बुखरी स्मल हाइड्रोपावरको पहिलो कारोबार भदौ ४ गते, कुथेली बुखरी स्मल हाइड्रोपावर को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ४७९ रुपैयाँमा पहिलो कारोबार भएको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारीहरुमा समेत वितरण गरेको २ लाख ४३ हजार ७३५ कित्ता शेयर र संस्थापक शेयर धनीहरुले लगानी गरेको ९ लाख ७४ हजार ९४० कित्ता शेयर गरी कुल १२ लाख १८ हजार ६७५ कित्ता शेयर अघिल्लो दिन अर्थात भदौ ३ गते नेप्सेमा सूचीकृत भएको थियो ।
कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १५९ रुपैयाँ ६७ पैसादेखि ४७९ रुपैयाँ १ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यही रेञ्जका आधारमा यस दिन स्पेशल प्रिओपन सेसनमा हाइ रेञ्जमा कम्पनीको पहिलो कारोबार भएको हो। नेप्सेले कम्पनीलाई केबीएसएच स्टक टिकर प्रदान गरेको छ।