Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पद्मश्री साहित्य पुरस्कार २०७९ देवीप्रसाद सुवेदीको उपन्यास मनुलाई


पद्मश्री साहित्य पुरस्कार २०७९ देवीप्रसाद सुवेदीको उपन्यास मनुलाई

काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार २०७९ देवीप्रसाद सुवेदीको उपन्यास मनुलाई दिने भएको छ । मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक– सांस्कृतिक उपन्यास भएको प्रष्ठिानले बताएको छ ।

मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ। १८० पुस्तकमध्येबाट यो कृतिलाई उत्कृष्ट ठह¥याइएको अध्यक्ष जीवा लामिछानेले बताएका छन् ।

उनका अनुसार छनौट प्रक्रियाको पहिलो चरण (विस्तारित सूची)मा पन्ध्र र दोस्रो चरण(संक्षिप्त सूची) मा पाँच पुस्तक सार्वजनिक गरिएको थियो । पद्मश्री साधना सम्मान बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महङ्खवपूर्ण योगदान दिने कलाकार दुर्गा बराल (वात्स्यायन) लाई अर्पण गर्ने निर्णय गरिएको पनि उनले बताए ।

नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यङ्ग्यका माध्यमबाट नवीन दिशा दिने काम गरेकोले नेपाली चित्रकलामा वात्सायनको योगदान विशिष्ट रहेको लामिछानेले बताए । त्यस्तै, यस वर्षको पद्मश्री गौरव पुरस्कार शिक्षा क्षेत्रमा विशेष योगदान दिने शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई दिइने उनले जानकारी दिए।

यो गत वर्षबाट प्रदान गर्न थालिएको पुरस्कार हो । पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीनवटैको रााशि तीन लाख रहेको छ । सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिने उनले बताए ।