Sunday, June 15, 2025

२०८२ असार १, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इजरायलको तेलअभिभ एयरपोर्टबाट २५० नेपाली स्वदेश फर्किंदै


इजरायलको तेलअभिभ एयरपोर्टबाट २५० नेपाली स्वदेश फर्किंदै

काठमाडौं,नेपालबाट गएको जहाजमा स्वेदश फिर्ताका लागि इजरायलको तेलअभिभ एयरपोर्टमा २५० जना नेपाली आइपुगेका छन्। विमानस्थलमा अहिले उनीहरुको पासपोर्ट संकलन गरिहेको छ। सरकारले स्वेदश फिर्ता हुन चाहनेका लागि लिन नेपाल एयरलाइन्सको जहाज पठाएको हो।

घाइते सहित २५० नेपाली स्वदेश फर्किंदै केही बेरमा नेपाली विमान इजरायल पुग्दैछ। नेपालीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउदसहितका सरकारी अधिकारी पनि गएका छन्। युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी विभिन्न सेल्टरमा राखिएका नेपालीहरुलाई अहिले विभानस्थलमा ल्याइएको हो।

पहिलो लटमा स्वदेश फिर्ता हुने टोलीमा हमासको आक्रमणबाट जोगिएका वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरी पनि आउँदैछन्। यीमध्ये धनबहादुर चौधरी आक्रमणबाट घाइते भएका व्यक्ति हुन्। उपचारकै क्रममा रहेका उनलाई ट्राभल गर्न सक्ने चिकित्सकहरुले बताएपछि उनी स्वदेश नै आउन लागेका हुन्।

आक्रमणमा परित घाइते भएका प्रविन डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ। आक्रमणमा परेका विपिन जोशी अझै बेपत्ता छन्। १७ जनाको समूहमा भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो। मृतको शव पनि ल्याउने प्रक्रिया जारी रहेको छ।