काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से २२.३६ अंकले घटेर २ हजार ४ सय ६४.४० विन्दुमा ओर्लेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो ०.८९ प्रतिशतले कम हो ।
गत बिहीबार नेप्से करिब ३३ अंकले घटेको थियो । नेप्सेमा आइतबार पनि सोही प्रवृति दोहोरिएको हो । आइतबार ४६ कम्पनीको सेयरमूल्य बढ्दा १९३ वटाको घट्यो, बााकी ५ कम्पनीको सेयरमूल्य स्थिर रहयो ।
सो दिन ५८ हजार ४०१ पटकको कारोबारमा १ करोड ३ लाख ११ हजार ८८५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।
गत बिहीबार ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधनबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से उच्च अंकले घटेको हो ।