Wednesday, November 27, 2024

२०८१ मंसिर १२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मन्त्री किरातीद्धारा महानिर्देशक अधिकारीलाई पुनः स्पष्टीकरण माग, तीन दिनभित्र स्पष्ट जवाफ सहितको विवरण पेस गर्न निर्देशन


मन्त्री किरातीद्धारा  महानिर्देशक अधिकारीलाई पुनः स्पष्टीकरण माग, तीन दिनभित्र स्पष्ट जवाफ सहितको विवरण पेस गर्न निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुनः स्पष्टीकरण सोधेका छन् । यसअघि असार ११ गते सरकारको नीतिविपरीत चलेको भन्दै अधिकारीसँग ९ बुँदे स्पष्टीकरण सोधिए पनि जवाफ नआएपछि दोस्रो पटक जवाफ मागिएको हो ।

७ दिनभित्र जवाफ दिन निर्देशन दिइए पनि अधिकारीले बेवास्ता गरेपछि मन्त्री किरातीले पुनः स्पष्टीकरण सोधेका हुन् । दोस्रो पटक सोधिएको स्पष्टीकरण पत्रमा भनिएको छ, नेपाल नागरिक उड्डयन प्राधिकरण, बबरमहल, काठमाडौंका महानिर्देशक श्री प्रदिप अधिकारीबाट सम्पादित कार्यसँग सम्बन्धित विभिन्न ९ (नौ) बुँदाका विषयमा ७ (सात) दिनभित्र स्पष्ट जवाफ सहितको विवरण पेस गर्न नेपाल सरकार माननीय मन्त्रीस्तरीय निर्णयबाट लेखी पठाइएकोमा निर्धारित समय सीमाभित्र निजबाट स्पष्ट जवाफ सहितको विवरण पेस हुन नआएकोले के कति कारणले समयमा नै स्पष्ट जवाफ सहितको विवरण पेस नगर्नु भएको हो उल्लिखित पत्रमा समावेश भएका विषयमा ३ (तीन) दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी पुनः स्पष्ट जवाफ सहितको विवरण उपलब्ध गराउन पुनः लेखी पठाउने अन्यथा कानूनबमोजिम हुने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण, बबरमहल, काठमाडौंका महानिर्देशक श्री प्रदिप अधिकारीलाई पत्राचार गर्न निर्णयार्थ पेस गरेको छु ।

महानिर्देशक अधिकारीमाथि आर्थिक वर्ष २०७९र८० को संघीय संसद्ले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं.१०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने भनी उल्लेख भएकोमा सोही बमोजिम प्रक्रिया अघि बढिरहेको अवस्थामा महानिर्देशक अधिकारीले नेपाल सरकारको उक्त नीतिविपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने, उक्त नीतिविपरीत सञ्चार माध्यमहरूमा अन्तर्वार्ता तथा अभिव्यक्ति दिनेजस्ता कार्य गरेको जनाइएको छ ।

के छ मन्त्रीको जारी गरेको विज्ञप्ती ?