Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एभरेष्ट बैंकद्वारा नेपालमा पहिलो पटक अफलाइन भुक्तानी सेवा सुरु


एभरेष्ट बैंकद्वारा नेपालमा पहिलो पटक अफलाइन भुक्तानी सेवा सुरु

काठमाडौं । एभरेष्ट बैंकले फोने पे नेपालसँगको सहकार्यमा नेपालमै पहिलो पटक अफलाइन भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । बैंकका सम्पूर्ण ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एपबाट यो सेवा उपभोग गर्न सक्नेछन् ।

यस सेवा अन्तर्गत ग्राहकहरुले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन् । विशेष कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक आशुतोष शर्मा र फोन पे नेपालका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले सो सेवाको उद्धघाटन गरेका छन् । सो कार्यक्रममा बैंकका डिजिटल बैंकिङ्ग विभाग प्रमुख शंकर पोखरेल र फोन पे का अन्य विशिष्ट अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

सो समारोहमा बैंकका नायब महाप्रबन्धक शर्माले अफलाइन भुक्तानी सुविधाले ग्राहक सुविधा र ग्राहक केन्द्रित नयाँ उर्जा थपेको र नेपाली बैंकिङ्ग भविष्यलाई समेत नयाँ आकार दिएको बताए । साथै फाने पे का प्रमुख कार्यकारी अधिकृत सापकोटाले यस सुविधाबाट इन्टरनेटको सीमाहरुलाई पार गरी आधुनिक बैंकिङ्गमा नयाँ आयाम थपिने बताए ।

हालको लागि उक्त सुविधा एनएफसी प्रविधि भएको एन्ड्रोइड फोनहरुमा मात्रै उपलब्ध हुनेछ । यस सेवालाई ग्राहकहरुले सर्वप्रथम आफ्नो एपमा सेट गरी आफ्नो स्मार्टफोनलाई ब्यापारीको स्मार्टफोनमा “टयाप” गरी सजिलै भुक्तानी प्रक्रिया पुरा हुनेछ भने व्यापारी तथा व्यवसायीहरुले आफु संग भएको “फोन पे बिजनेस एप” बाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।