काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०,८१कृषि उपजमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने बजेटको प्रावधान खारेज गर्न व्यवसायीहरुले सरकारसंग आग्रह गरेका छन । आज नेपालमा कृषि उपज तथा आलु, प्याज आयात निर्यात तथा थोक बिक्रेता संघले अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो ।
सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट घोषणा गर्दै आर्थिक ऐनमार्फत आलु, प्याज र स्याउ लगायतका वस्तुमा भ्याट लाग्ने व्यवस्था गरेको थियो । सो व्यवस्थाका कारण आयात हुने तरकारी महँगो हुने र त्यसको असर उपभोक्ताको भान्सासम्म पुग्ने व्यवसायीहरुको दाबी छ ।अहिले पनि नेपालमा आयात हुने तरकारीजन्य कृषि उपज आलु र प्याजमा ९ प्रतिशत कृषि सुधार शुल्क र ५ प्रतिशत आयकर लाग्ने संघले बताएको छ ।
सरकारले १५ प्रतिशत भ्याट थप गर्दा आयात विन्दुमै तरकारी र कृषि उपज ३० प्रतिशत महँगो हुने संघको दाबी छ ।सरकारको यस्तो कदमले व्यवसायी हतोत्साहित हुने र उपभोक्तालाई पनि महँगीको मार पर्ने भन्दै संघले आलु र प्याजमा मूल्य अभिवृद्धि करको निर्णय फिर्ता लिन अर्थमन्त्रीसँग माग गरेका छन् ।