काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ३८.१४ अंकले बढेको छ । योसँगै समग्र नेप्से परिसूचक २ हजार ६०.४९ अंकमा पुगेको छ । नेप्से बढेसँगै उक्त दिन ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कुल २ करोड १४ लाख ९७ हजार ६१९ सेयर खरिदबिक्री भएको हो ।
कारोबारमा आएकामध्ये १ सय ६५ कम्पनीको सेयर मूल्य बढ्यो, ७२ वटाको घट्यो र ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । नेप्से उपसमूहमध्ये सबैभन्दा बढी लघुवित्तको १९७ अकंले बढ्यो । होटल तथा पर्यटन १७९.५०, उत्पादन तथा प्रशोधन १४६.४९, जिवन बिमा १०५.७८ अंले बढ्यो ।
सबै उपसमुह बढ्दा हाइड्रोपावर ७.८३ अंकले घट्यो । बोटलर्स नेपाल, सुर्यज्योति जीवन बिमा, स्वरोजगार लघुवित्त विकास कोष, जीवन विकास लघुवित्त वित्तीय संस्था, बीपीडब्ल्यु लघुवित्त वित्तीय संस्था १० प्रतिशतले कमाए । हिमालयन पावर पार्टनर ७.८६, दोल्ती पावर कम्पनी ६.५७, अप्पर स्याङजे हाइड्रोपावर ५.३९, मोदी इनर्जी ४.६२ , माइखोला हाइड्रोपावरले ४.३३ प्रतिशतले गुमाए ।