काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ। अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ८१ पैसा, बिक्रीदर १ सय ३३ रुपैयाँ“ ४१ पैसा कायम भएको छ। युरो मुद्रा १ को खरिददर १ सय ४० रुपैयाँ“ ८३ पैसा, बिक्रीदर १ सय ४१ रुपैयाँ“ ४७ पैसा रहेको छ। पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६३ रुपैयाँ“ २० पैसा र बिक्रीदर १ सय ६३ रुपैयाँ“ ९३ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ“ २४ पैसा र बिक्रीदर ८५ रुपैयाँ“ ६३ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ ४१ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ५७ पैसा कायम भएको छ। कतारी रियल १ को खरिददर ३६ रुपैया“ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ५८ पैसा तोकिएको छ।
यूएई दिराम १ को खरिददर मूल्य ३६ रुपैयाँ“ १६ पैसा र बिक्रीदर ३६रुपैयाँ“ ५८ पैसा कायम भएको छ। यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ १८ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“२७ पैसा रहेको छ। केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन्।