Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

महँगियो भान्सा,लक्ष्यभन्दा माथि खाद्यवस्तुको मूल्य


महँगियो भान्सा,लक्ष्यभन्दा माथि  खाद्यवस्तुको मूल्य

काठमाडौं,सरकारले बजेट र मौद्रिक नीतिमार्फत् मुद्रास्फीति ६.५ प्रतिशत कायम गर्ने भएको छ। तर, नेपालमा सुरुवाती महिनाबाटै चर्को मुल्यवृद्धिको सामना गर्नु परेको तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको देखिएको छ।

तथ्यांक अनुसार अघिल्लो वर्ष यसै अवधिमा मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष पनि खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति धेरै रहेको छ। यसले भान्सा महँगो बनाइरहेको छ।यस्तो समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत मात्र रहेको छ। खाद्य तथा पेय पदार्थ भित्र समेत मरमसलामा सर्वाधिक ४५.४६ प्रतिशतले मूल्य बढेको छ।

चिनी र चिनीजन्य वस्तुमा १७.८६, तरकारीमा १४.५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा १३.३८ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.६० प्रतिशत र रेष्टुरेन्ट तथा होटेलको १०.९७ प्रतिशतले मूल्य बढेको छ। घिउ तथा तेल उपसमूहको मूल्य भने १३.०८ प्रतिशतले गिरावट भएको तथ्यांकमा देखिएको छ।महँगीको मारमा सबैभन्दा धेरै हिमाल ११.३२ प्रतिशत काठमाडौं उपत्यका ९.८३ प्रतिशत पहाड ८.०९ प्रतिशत र तराईमा ७.०३ प्रतिशतको मूल्यवृद्धि देखिएको छ।