Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात, सिंगापुर ८ विकेटले पराजित


टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात, सिंगापुर ८ विकेटले पराजित

काठमाडौं । टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो । कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटमा ८४ रनको सानदार साझेदारी गरेपछि नेपालले ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रको पहिलो खेलमा सोमबार सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो  । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले १ सय ४६ रनको लक्ष्य १६.३ ओभरमै पूरा गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।

कुशलले ७४ रन बनाए । नेपाललाई विजयका लागि ५ रन आवश्यक भएको समयमा उनले लङ अफमा क्याच दिए । ४८ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे । कुशल र आसिफले नौ ओभरमै ८४ रन जोडी विजयको आधार बनाएका थिए । १० औं ओभरको पहिलो बलमा अक्ष्य पुरीले आसिफलाई बोल्ड गरि सिंगापुरलाई पहिलो सफलता दिलाएका थिए । आसिफले २६ बल खेली २ चौका र १ छक्का प्रहार गरे ।

कुशलले २६ बलमै अर्धशतक पूरा गरे । यो उनका लगातार दोस्रो अर्धशतक हो । शनिबार सम्पन्न नेपाल टी २० आई त्रिकोणात्मक शृंखलाको फाइनलमा उनले यूएईविरुद्ध २८ बलमा अर्धशतक पूरा गरेका थिए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल २४ बलमा ३५ रन बनाई अविजित रहे । उनले समान २ चौका र छक्का प्रहार गरे । भुर्तेल आउट भएपछि आएका मल्लले पहिलो बलमै विजयी छक्का प्रहार गरे । यसअघि टस जितेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४५ रन बनाएको थियो । खेलको दोस्रो बलमै करण केसीले अरित्र दत्तलाई बोल्ड गरि नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

अर्का ओपनर रन्जन रंगराजनले सर्वाधिक ४६ रन बनाए । उनले ३० बलको इनिङ्समा ९ चौका र १ छक्का प्रहार गरे । रंगराजनले अविनाश बोहराको एकै ओभरमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । गुल्शन झाको बलिङमा मिडअफमा सन्दीप जोराले सानदार क्याच लिएका थिए ।

मनप्रित सिंहले २४ रन बनाए । उनले २६ बल खेली ३ चौका प्रहार गरे । आर्यभिर चौधरीले २६ बलमा ३७ रन बनाए । ट्वान्टी २० अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनी ५ चौका प्रहार गर्दै अन्तिम ओभरमा आउट भए । अक्ष्य पुरी समान १ चौका र १ छक्का प्रहार गरी १३ रनमा अविजित रहे । नेपालबाट अविनाश बोहराले ३ विकेट लिए । उनले ४ ओभरमा ४३ रन खर्चे । करण केसी, सन्दीप लामिछाने र गुल्शनले २/२ विकेट लिए । सन्दीपले ४ ओभरमा १८ र गुल्शनले २१ र करणले ३६ रन खर्चे ।

नेपालले खेल सुरु हुनु अगाडि दुर्भाग्य बेहोर्नु परेको थियो । दीपेन्द्रसिंह ऐरी अभ्यासका क्रममा घाइते भएका थिए । उनलाई एङकलमा चोट लागेको छ । उनको स्थानमा अन्तिम समयमा विवेक यादवलाई नेपालको प्लेइङ ११ मा समेटिएको थियो । विश्वकप एसिया क्षेत्रको छनोटमा ८ राष्ट्र सहभागी छन् । नेपाल र सिंगापुरसहित समूह ‘ए’ मा मलेसिया र ओमान तथा समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत र बहराइन छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनलमा पुग्ने दुई टोली जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी २० विश्वकपमा प्रवेश पाउने छ ।

 

 

 

 

 

 

 

 

#PhotoByCricket Association of Nepal-CAN