Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साताको पहिलोदिन नै ५३.६३ अंकले घट्यो नेप्से


साताको पहिलोदिन नै ५३.६३ अंकले घट्यो नेप्से

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ५३.६३ विन्दुले घटेको छ । नेप्से १.९५ प्रतिशतले घटेर २६९५.९३ विन्दुमा ओर्लिएको हो । आज ३१ कम्पनीको सेयर मूल्य बढ्यो भने २०९ कम्पनीको मूल्य घट्यो । ४ कम्पनीको मूल्य स्थिर रह्यो । कुल २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता सेयर किनबेच भए । आज १ लाख ३० हजार ६३२ पटकको सेयर किनबेचबाट १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ । कुल १३ उपसमुहमध्ये म्युचअल फन्ड मात्र शून्य दशमलव १७ अंकले बढ्यो ।

अन्य सबै उपसमुहहरु घटे । घट्ने उपसमुहहरुमा होटल तथा पर्यटन, जिवन बिमा, निर्जिवन बिमा र फाइनान्स उपसमुह अघि रहे । होटल तथा पर्यटन २१३.३४ अंक, जिवन बिमा १९४.६८ अंक र निर्जिवन बिमा १६२.५१ अंकले घटेको छ । सुपर माई हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । हिमालयन पावर पार्टनर लिमिटेडको मूल्य ९.८७ प्रतिशतले बढ्यो ।