Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बागमती प्रदेश सरकारको बजेटमाथि छलफल सुरु


बागमती प्रदेश सरकारको बजेटमाथि छलफल सुरु

काठमाडौं,१२ असार । बागमती प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–०८१ को बजेटमाथि आजबाट सभामा छलफल हुने भएको छ । प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा तामाङले आगामी आर्थिक वर्षको बजेट असार १ गते टेबुल गरेका थिए । प्रदेश सभा सचिवालयका कृष्णहरि खड्काले बजेटमाथि आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा छलफल सुरु हुने बताए । आगामी आर्थिक वर्षको बजेटमा सबैभन्दा बढी रकम भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विनियोजन गरिएको छ । आगामी आवको कार्यक्रमहरू कार्यान्वयन गर्न ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँको बजेट विनियोजन गरिएको छ । विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपियाँ, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख नौ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपियाँ रहेको छ । साथै प्रदेश सभाको बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० लाई पेस गरिएको छ ।