Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालद्धारा भेटवार्ता तिव्र


चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालद्धारा भेटवार्ता तिव्र

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्तालाई तिव्र बनाएका छन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा चीन पुगेका प्रधानमन्त्री दाहालले एक साता चीनमा रहने छन् ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुगेका दाहाल उतैबाट आज बिहान चीनको हाङजाओ विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्री दाहाललाई विमानस्थलमा चीनको केन्द्रीय जनसरकारका स्पोर्ट्स मिनिस्टर एवम्  १९ औं  एसियन गेम्स १०२३ का अध्यक्षले स्वागत गरेका छन् ।

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आजै भेट हुने तय भएको छ । १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङजाओमा रहने भएकोले त्यहीँ भेटवार्ताको तय भएको हो ।

दिउँसो साढे १२ बजे दाहाल र सीबीच पहिलो भेट हुने कार्यतालिका छ । त्यसक्रममा उनीहरूले एउटा रिसोर्टमा सँगै लञ्च गर्नेछन् । त्यसपछि आजै शनिबार अपराह्न ४ बजे दाहाल र राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ ।