काठमाडौं । काठमाडौंको कीर्तिपुर नगाउँ स्थीत दर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले यहि २८ गते १३ औं साधारणसभा गर्ने भएको छ । आर्थिक तरलता र सहकारीमा निक्षेप फिर्ताको ताकेताकाबीच संस्थाले १३ औं साधारणसभाको आयोजना गर्न लागेको हो ।
संस्थाका अध्यक्ष दिनेश दर्शनधारीले पछिल्लो समय देखिएको आर्थिक तरलताका कारण देशैभरिका सहकारीमा समस्या देखिएको बताए । छ ।
संस्थाको साधारणसभामा समस्या समाधन र निक्षेप सुरक्षीत गर्ने विषयमा शेयरसदस्यहरुसँग छलफल हुने छ । संस्थाले नयाँ रणनीति बनाउने उनको भनाई छ । संस्थाले पछिल्लो सयम श्येतपत्र पनि जारी गरिसकेको र सम्पत्ती विवरण बुझाइसकेको अध्यक्ष दर्शनधारीले बताए ।
अर्थत्नत्रको मेरुढण्डमानिने सहकारी संस्थाहरु आर्थिक तरलताको मारमा रहदा राज्यका कुनै निकायले सम्बोधन नगरेको उनको गुनासो छ । त्यसमा पनि निक्षेपकर्ता तथा शेयरसदस्यहरु गलत प्रचारको पछि लाग्दा सहकारीहरुले थप मारखेप्नु परेको उनको तर्क छ ।
साधारणसभाले निक्षेपकर्ताको रकमलाई सुरक्षीत राख्ने विषयमा महत्वपुर्ण निर्णय गर्ने र त्यसमा सबै शेयर सदस्यको सहमति रहनेमा विश्वास व्यक्त गरे । उनले पछिल्लो समय शिवशिखर जस्ता ठुला संस्थाहरुले निक्षेपकर्ताको रकम हिनामिना गर्दा साना सहकारीहरुमा समस्या उत्पन्न भएको बताए ।