काठमाडौं, ३० असार । नेकपा एमाले प्रमुख सचेतक पदम गिरीले लम्की स्कीनको न्यूनिकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले पैसा नभए किसानलाई राहत दिन नसकेको भए सांसदलाई दिने भनिएको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट रकमान्तरण गर्न सुझाव दिए । उनले भने, ‘लम्की स्कीनको विकराज स्थिती भएको छ । ३७ अर्ब बराबरको क्षति हुँदा समेत सरकारले उदासिनता देखिएको छ । यो न्यूनीकरणमा सरकारले काम गरेको भए यो स्थिति आउने थिएन । अझै ठुलो क्षति हुनसक्ने विज्ञहरुले भनिरहेका छन् ।’ सरकारले खोप, औषधि र राहतको व्यवस्था गराउँन माग गरे । गिरीले लम्पी स्किन महामारीको रुप लिँदा पनि सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाए ।
खोप नपुग्नुको कारणमा सरकारले बजेट नदिएको कारण भनेर विभागका महानिर्देशकहरुले भनेका छन् । किसानाहरु पीडाको आहालमा डुबेर बसेका छन् । यस विषयमा सरकार नाजवाफ र जिम्मेवारीविहीन भएर सरकारले अभिव्यक्ति दिन मिल्दैन, गिरीले भने पैसा नभएको हो भने निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट रकमान्तर गरेर भए पनि किसानलाई राहत, औषधि र खोप उपलब्ध गराउनु पर्यो । चार महिनाको अवधिमा ८ लाख पशु चौपायाहरु संक्रमित भएको जानकारी गराउँदै उनले भने, २७ हजार मरेका छन् ।
विपन्न र गरिब किसानहरुका ३७ अर्ब बराबरको क्षति भएको छ । अवस्था यस्तो विकराल हुँदा पनि सरकारले त्यसलाई जति गम्भीरताका साथ लिनुपर्दथ्यो, जुन तदरुकता देखाउनु पर्दथ्यो र उपचारमा लाग्नु पर्दथ्यो र खोपहरु जसरी प्रभावकारी ढंगले वितरण गर्नुपर्दथ्यो त्यसमा सरकारले उदासिनता देखाएकोले किसानहरुले ३७ अर्बको क्षति ब्यहोर्नु परेको छ । उनले सरकारले समयमा सजकता देखाउन नसकेको कारण समस्या विकराल भएको बताए ।
विज्ञहरुले २५ लाख पशुचौपाया संक्रमित हुने र एक लाख मर्ने अनुमान गरेका छन् । त्यसले धेरे ठूलो क्षतिको अवस्थामा आउने बताउँदै आएका छन् । तर सरकारले अहिलेसम्म जम्मा २ लाख २२ हजार पशुलाई मात्रै खोप लगाएको छ र खोप अपर्याप्त र लगाउने गति पनि सुस्त रहेको छ,उनले भने गाउँमा जुन प्रकारले प्राविधिक पठाउनु पर्दथ्यो त्यो अनुसार प्राविधिक पठाएको छैन । खोपहरु पठाएको छैन र मलम पट्टी पनि पठाउने काम गरेको छैन । त्यति कारणले गाई र गोरु मर्ने अवस्था छैन ।