Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चन्द्रागिरी हिल्सको शेयर मधयरातीबाट खुल्ने


चन्द्रागिरी हिल्सको शेयर मधयरातीबाट खुल्ने

काठमाडौं । माघ ८ गतेदेखि लकिङ पिरियड खुला हुने सूचना निकालेको चन्द्रागिरी हिल्सको शेयर आज खुलेन। लकिङ पिरियड नखुलेका कारण प्रभावित क्षेत्रका स्थानीयले सोमबार शेयर बिक्री गर्न पाएनन्। ८ गतेदेखि शेयर खुल्ने सूचना निकालेको भएपनि कम्पनीको अनुरोधमा शेयर खुला गरिने भएकोले शेयर खुला हुन नसकेको हुन सक्ने केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)ले जनाएको छ। उसका अनुसार ८ गते राति १२ बजेबाट कम्पनीको शेयर खुला हुन सक्छ। तर प्रभावित क्षेत्रका स्थानीय भने शेयर खुल्ने बित्तिकै घट्ने डरले सुरुमै बेच्ने सकिए नाफा होला भन्नेमा छन्। तर उनीहरूले सोचे अनुसार आज कारोबार भने गर्न सकेनन्।