Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि


नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार भने उच्च अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४७ दशमलब ७५ अंकले उकालो लागेर एक हजार नौ सय सात दशमलब ९५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ८३ अंकले उकालो लागेर तीन सय ६४ दशमलब ८१ म पुगेको छ ।

नेप्सेका अनुसार कूल ६५ लाख ३० हजार छ सय ४३ कित्ता शेयर दुई अर्ब एक करोड १७ लाख ६३ हजार तीन सय ५८ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार, कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको ११ करोड ६६ लाख ६७ हजार दुई सय ६० रुपैयाँ बराबरको कारोबार भएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सात करोड ५६ लाख ९४ हजार पाँच सय २१, नबिल बैंक सात करोड ३७ लाख १२ हजार दुई सय ८०, सिटिजन लाइफ इन्स्योरेन्स छ करोड ३४ लाख ८६ हजार तीन सय छ र आइएमई लाइफ इन्स्योरेन्स पाँच करोड ९८ लाख ८३ हजार पाँच सय २४ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

छ्याङ्दी हाइड्रोपावर, भगवती हाइड्रोपावर, विजय लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । स्वरोजगार लघुवित्त नौ दशमलब ८९ र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले नौ दशमलब ८८ प्रतिशतले कमाएका छन् ।

यस्तै, इन्फिनिटी लघुवित्त दुई दशमलब ४७, एनएमबी सुलभ इन्भेक्ष्टमेन्ट फण्ड दोस्रो, आशा लघुवित्त दुई दशमलब ४४, आत्मनिर्भर लघुवित्त दुई दशमलब ३९ र नबिल डिवेञ्चरका लगानीकर्ताले एक दशमलब ९९ प्रतिशतले गुमाएका छन् ।