काठमाडौं, २१ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नयाँ ब्रोकरलाई सदस्यता दिने भएको छ । बुधबार बसेको नेप्से सञ्चालक समितिको बैठकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र पाएका नयाँ ब्रोकरलाई आफ्नो कारोबार प्रणालीमा आबद्ध गराउन सदस्यता दिने भएको हो। धितोपत्र बोर्डबाट सञ्चालन अनुमति पाएपछि ब्रोकरले कारोबार सुरु गर्नका लागि स्टक एक्सचेञ्जको कारोबार प्रणालीमा आबद्ध हुनुपर्छ ।
त्यसका लागि १८ वटा ब्रोकरले नेप्सेमा आवेदन दिएका थिए । प्राप्त आवेदनउपर छलफल गरेर नेप्से सञ्चालक समितिले नयाँ ब्रोकरलाई कारोबार प्रणालीमा आवद्ध गर्न सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।उक्त निर्णयसँगै तोकिएको मापदण्ड पूरा गरेका नयाँ ब्रोकरले नेप्सेबाट अनुमति लिएर कारोबार सुरु गर्नेछन् ।
सदस्यताका लागि नेप्सेमा आवेदन दिएका ब्रोकरमध्ये ७ वटाले आवश्यक सबै मापदण्ड ९भौतिक र प्राविधिक० पूरा गरेकाले तीनले छिट्टै कारोबार सुरु गर्न सक्ने छन्।बाँकी ११ वटा ब्रोकरहरुले मापदण्ड पूरा गरिसकेका छैनन । ती सबै ब्रोकर सञ्चालनमा आएसँगै नेपालमा धितोपत्र ब्रोकर संख्या ६८ वटा पुग्नेछ ।