Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बेरुजुलाई भ्रष्टाचारका रूपमा नबुझौंः मुख्यसचिव बैकुण्ठ अर्याल


बेरुजुलाई भ्रष्टाचारका रूपमा नबुझौंः मुख्यसचिव बैकुण्ठ अर्याल

काठमाडौं,बेरुजुलाई भ्रष्टाचारका रूपमा बुझ्नु सही नभएको मुख्यसचिव बैकुण्ठ अर्यालले बताएका छन्। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा उनले खर्चको स,सानो प्रमाण जुटाउन नसक्दा पनि बेरुजु देखिने गरेको बताए। बेरुजुलाई भ्रष्टाचारका रूपमा नबुझौंःमुख्यसचिव मुख्यसचिव अर्यालले भने,बेरुजुलाई भ्रष्टाचारका रूपमा बुझिन्छ तर त्यो वास्तविकता होइन। काम गरेको र खरिदको साना प्रमाण नपुग्दा बेरुजु देखिने गरेको हो।सम्परीक्षण नहुँदा पनि बेरुजु देखिने गरेको र खर्चको प्रमाण पेस गर्ने विषयले पनि बेरुजु देखिने गरेको मुख्यसचिवको भनाइ थियो।

कार्यबाहक महालेखा परीक्षक महेश्वर काफ्लेले २५ प्रतिशत हाराहारीमा असुलउपर गर्नुपर्ने बेरुजु रहेको सार्वजनिक लेखा समितिमा बताएका हुन्। उनले विगत १ वर्षदेखि संघीय सरकारको सम्परीक्षण रोकिएको पनि बताए। कानुनको अभावले त्यस्तो हुन गएको उनको भनाइ थियो। कानुनको पालनामा हुने कमजोरीका कारण बेरुजु हुने गरेको काफ्लेले बताएका छन्। मुख्यसचिव अर्यालले पूँजीगत खर्च गर्न नसक्नुले रोगकै रूप लिइसकेको पनि बताएका छन्।

लामो समयदेखि ९० प्रतिशत पनि पूँजीगत खर्च हुन नसकेको उनको भनाइ थियो। पूँजीगत बजेट परिचालनको सरकारी तरिकामा समस्या हो कि भन्ने प्रश्न उठेको उनले बताए। अर्थतन्त्र चापमा रहेको पनि मुख्यसचिवले बताए। उनले राजश्व अनुमानभन्दा कम वसुल भइरहेकोले अनुदान, बाह्य ऋण खोजि भइरहेको र त्यसले पनि नपुगेको अवस्थामा आन्तरिक ऋण उठाउन लागिएको बताए। बजारमा पैसा सर्कुलेट भए मात्रै अर्थचन्त्र चलायमान हुने भएपनि त्यो हुन नसकेकाले अर्थतन्त्रमा चाप परेको बताए। कार्यवाहक महालेखा परीक्षकले हाल ४६ जिल्लामा लेखा परीक्षण भइरहेको बताए।