काठमाडौं । बुधबार बिहानै नबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञवलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, यदि कम धितोमा धेरै कर्जा दिएको भन्दै सीआईबीले बैंकका कर्मचारीलाई पक्राउ गर्दै जाने हो भने, कुनै पनि बैंकका कर्मचारी बाँकी रहदैनन् । सबैले जेल जानु पर्छ । उनको बिहानै सामाजिक सञ्जालमा पोष्ट भएको आश्रयलाई मान्ने हो भने, हो बैंकका कुनै पनि कर्मचारी, सञ्जालकलाई अब चयनको निद्रा आउने छैन् ।
पछिल्लो समय देशको वित्तीय क्षेत्रमा परेको असरका कारण दैनिकी मुस्किल भइरहेको छ । सहकारी संस्थाहरु, लघुवित्त एक पछि अर्काे ढुब्दै गएका छन् भने, पीडितहरु सडकको बास भइरहेको छ । अहिले पनि संघीय राजधानी काठमाडौंका सडकमा पीडितहरुको दैनिक प्रर्दशन भइरहेको छ ।
तर, सरकारसँग देशको अर्थतन्त्र सुधारको कुनै योजना छैन् । सहकारी तथा वित्तीय संस्थामा बढ्दो आर्थिक तरलतालाई लयमा फर्काउने कुनै चाहाना देखिदैन यहि बीचमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले साविकको सेन्चुरी कमर्सियल बैंकका ११ जना कर्मचारीलाई मंगलबार पक्राउ गरेको छ ।
धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गर्ने कार्यमा संलग्न व्यक्तिलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीको दावीका बीचमा वित्तीय क्षेत्रमा भने एक खालको तरंग उत्पन्न भएको छ । सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा कर्जा प्रवाह गरेको अभियोगमा हाल प्रभु बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र सेन्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।
गौतमले सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएपछि न्यौपानले निमित्त सीईओको जिम्मेवारी पाएका थिए । पक्राउ पर्नेमा राजेश भण्डारी, दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमण श्रेष्ठ, दीपेश प्रधान र सुनिल बस्नेत छन् । कर्मचारी सन्ध्या श्रेष्ठ पनि यो प्रकरणमा मुछिएकी छन् ।
उनीविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिए पनि उपचारका क्रममा रहेकाले पक्राउ नगरी निगरानीमा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ । तीमध्ये ४ जना बहालवाला र बाँकी ७ जना भर्खर अवकाशप्राप्त कर्मचारी हुन । यसरी बैंकका कर्मचारीलाई पक्राउगरि सकेपछि अहिले वित्तीय क्षेत्र र यस क्षेत्रमा कार्यरत कर्मचारीहरु आतंकीत भएका छन् ।
प्रसंग हो, ललितपुर सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारी संस्थासँग आबद्ध सञ्चालक समितिका पदाधिकारी तथा उनीहरूसँग सम्बन्धित कम्पनीहरूको विवरण र ती कम्पनीलाई तत्कालीन सेञ्चुरी बैंकबाट प्रवाह गरेको ऋणको धितो । सहकारीका सञ्चालक रवीन्द्र चौलागाईंलाई प्रहरीले यसअघि नै पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको छ । सहकारीमा सर्वसाधारणको ३ अर्ब रुपैयाँ बचत फिर्ता नगरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।
चौलागाईंसँग बयानका क्रममा तत्कालीन सेन्चुरी कमर्सियल बैंकबाट कर्जा लिने चौलागाईं र उनीसमेत आबद्ध कम्पनीहरू पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी, थ्री ब्रदर्स मार्केटिङ, पूजा मार्केटिङ र अन्नपूर्ण डिस्टिलरीलाई समेत कर्जा प्रवाह गर्दा बैंकमा कर्जा सुरक्षणबापत राखिने धितोको मूल्यांकन १ अर्ब १४ करोड २३ लाख ८४ हजार २ सय ५८ रुपैयाँ रहेको र त्यसबापत दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार ७ सय ३१ रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ ।
धितोको मूल्यांकन भन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ अधिक कर्जा प्रवाह भएको देखिएपछि सो प्रक्रियामा संलग्न कर्मचारीहरूलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको हो । उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरी बैकिङ कसुर तथा सजाय ऐन, ०६४ बमोजिम कसुरमा अनुसन्धान भइरहेको छ । तर, यहाँ बैंकिङ क्षेत्रका उच्च व्यक्ती,कर्मचारी नै पक्राउ परेपछि यो रोग अन्य बैंकमा पनि सर्ने आशंका बढ्दै गएको छ । सेञ्चुरी बैंक मर्ज भएपछि ०७९ पुस २७ देखि प्रभु बैंकले एकीकृत कारोबार सुरु गरेको थियो । त्यसपछि सेञ्चुरी बैंकको कर्जा पनि प्रभु बैंकमा आएको हो ।
घटना यतिमा मात्रै टुंगीने अबस्था छैन, देशका अधिकांस बैंकहरुले यसरी खराब कर्जा विस्तार गरेका छन् । जुन देशको अर्थतन्त्र थप कमजोर बन्ने निश्चीत छ । अहिले बैंकका संचालक तथा वित्तीय क्षेत्रमा काम गर्ने संघसंस्थाहरुमा डर फैलिएको छ । हिजो सहकारीमा यहि अबस्था आउदा राज्य मौन छ,भने बैंकमा समस्या आउदा राज्यले आफ्नो भुमिका कति देखाउने हो त्यो भने हेर्न बाँकी छ ।