Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

औद्योगिक क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्णः आपूर्तिमन्त्री रमेश रिजाल


औद्योगिक क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्णः आपूर्तिमन्त्री रमेश रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकको औद्योगिक क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए ।

नवौँ उद्योग दिवसका अवसरमा शनिबार उद्योग विभागले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रिजालले औद्योगिक क्रान्तिमार्फत मुलुकलाई समृद्धिमा लैजान उद्योगी व्यवसायीलाई अगाडि बढाउनुपर्ने बताए ।

“औद्योगिक समृद्धि उद्योगी व्यापारीले दिने हो, परम्परागत सोच राखेर काम गर्ने हो भने मुलुक बन्दैन,” उनले भने, “आर्थिक मन्दीको कारणले उद्योग व्यवसायमा समस्या होला तर उद्योगीहरू निराश हुनु पर्दैन ।” मन्त्री रिजालले अर्थतन्त्रमा देखिएको समस्या समाधान कसरी गर्ने भन्ने विषयमा छलफल गर्नुपर्ने बताए ।

सो अवसरमा उद्योग सचिव नारायणप्रसाद शर्मा दवाडीले औद्योगिक क्षेत्रको विकासका लागि सरकारले नीतिगत र कानुनी सुधारका प्रयास गरेको बताए । उनले स्वदेशी उत्पादनको उपभोग बढाउने र निजी क्षेत्रको नेतृत्वलाई सहजीकरण गर्न सरकार तयार रहेको बताए ।

उद्योग क्षेत्रको प्रवर्धन, बजार व्यवस्थापन र जनशक्ति उत्पादन गर्न मन्त्रालयले इको सिस्टममा मन्त्रालयले काम गरिरहेको उनले जानकारी दिए । सरकारले प्रयास गरे पनि नतिजा नदेखिएकाले निजी क्षेत्रको सहयोगबिना देशको विकास नहुने उनको भनाइ छ ।