Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुर नगरपालिका ५ का अध्यक्ष महर्जनविरुद्ध जिल्ला अदालत काठमाडौंको आदेश, विवादित क्षेत्रमा कुनै कार्य नगर्नु !


कीर्तिपुर नगरपालिका ५ का अध्यक्ष महर्जनविरुद्ध जिल्ला अदालत काठमाडौंको आदेश, विवादित क्षेत्रमा कुनै कार्य नगर्नु !

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा—५ को राराहिल—जाखा सडक खण्ड विवाद मुद्दामा जिल्ला अदालत काठमाडौंले वडा नं. ५ का अध्यक्ष राजेन्द्र कुमार महर्जनको नाममा आदेश जारी गरेको छ । कीर्तिपुर नगरपालिका वडा नं.—५ का स्थानीय विदुर महर्जनले दिएको निवेदनका आधारमा जिल्ला अदालत काठमाडौंले विवाद समाधान नहुदासम्म सो क्षेत्रमा कुनै पनि कार्य नगर्न नगराउन आदेश दिएको हो । तर, सो क्षेत्रमा वडा नं.५ र उपभोक्ता समितिले सडक निर्माण सम्पन्न भइसकेको भन्दै भुत्तानी लिइसकेको स्थानीयको दावी छ ।

वडा नं.५ ले एक विज्ञप्ती जारी गर्दै महर्जनले राराहिल—जाखा सडक खण्डको बाटो सडकमा मिति २०८० जेठ १ गते डोजर चलाई सार्वजनिक बाटो आवागनमा अवरोध पुर्याएको विषयमा कीर्तिपुर नगरपालिकाको न्यायिक समितिको मिति २०८० असार १ गतेको निर्णयले निज विदुर महर्जनले गरेको कार्य कानुन विपरित भएकाले उक्त बाटो बिगार्ने मानिसले नै निर्माण गर्नु पर्ने भनि निर्णय गरेको, सो निर्णय उपर चित्त नबुझि निजले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा अदालतले निषेद्याज्ञा खारेज गरेको र उक्त मुद्दा विचाराधिन रहेको भन्दै त्यस विषयमा कुनै टिप्पनी नगर्न सुझाएको थियो ।

सोहि मुद्दामा आज अदालतले सो आदेश दिएको हो । मुद्दा किनारा नलाग्दा सम्म सो क्षेत्रमा कुनै कार्य गर्न पाइने छैन । आदेशमा भनिएको छ , मुद्दाको अन्तिम निर्णय हुँदाको अवस्थामा विचार हुने गरि विवादित क्षेत्रमा कुनै पनि निर्माण कार्य नगर्न नगराउन यथास्थितिमा राख्न भनि विपक्षीहरुका नाममा मुलुकी देवनी कार्यविधी संहिता २०७४ को दफा १५६ अनुसार अन्तरकालिन आदेश जारी गरिएको छ ।

यसैबीच, निवेदक महर्जनले आफ्नो जग्गा हुदैं राराहिल—जाखा सडक १४ फिट निर्माण गरिएको भनि वडा अध्यक्ष र उपभोक्ता समितिले झुट्टा विवरण पेसगरि आर्थिक हिनामिना गरेको भन्दै अख्तियारमा निवेदन दिएका छन् । कीर्तिपुर नगरपालिका वडा नं.५ को कित्ता नं.६९४ को जग्गा भएर गएको बाटोमा कुनै काम नभएको भन्दै निवेदन परेको हो ।

यसैबीच, वडाले एक विज्ञप्ती जारी गर्दै निवेदन कर्ता महर्जनले राराहिल—जाखा सडक खण्डको बाटो सडकमा मिति २०८० जेठ १ गते डोजर चलाई सार्वजनिक बाटो आवागनमा अवरोध पुर्याएको विषयमा कीर्तिपुर नगरपालिकाको न्यायिक समितिको मिति २०८० असार १ गतेको निर्णयले निज विदुर महर्जनले गरेको कार्य कानुन विपरित भएकाले उक्त बाटो बिगार्ने मानिसले नै निर्माण गर्नु पर्ने भनि निर्णय गरेको, सो निर्णय उपर चित्त नबुझि निजले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा अदालतले निषेद्याज्ञा खारेज गरेको र उक्त मुद्दा विचाराधिन रहेको अवस्थामा सोहि विषयलाई लिएर कीर्तिपुर सन्देशका सह—सम्पादक एंव वरिष्ठ पत्रकार नजरराम महर्जनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत जथाभावी भ्रामक पोष्ट गरी यस वडाका वडा अध्यक्ष राजेन्द्र कुमार महर्जन लगायतका सार्वजनिक व्यक्तीहरुको चरित्र माथि आँच आउने, चरित्र हत्या गर्ने मनसायले भ्रामक पोष्ट गर्ने गरेको बुझिन आएको सम्बन्धमा उक्त पोष्टहरु प्रति गम्भीर ध्यानाकर्षण भएको  छ । विज्ञप्तीमा भनिएको छ, यस्तो कपोकल्पित, भ्रामक समाचार पोष्टहरु प्रति वडावासी भ्रममा नपर्न अनुरोध छ । भनि विज्ञप्ती जारी गरेको थियो जसको अहिले चारैतिर आलोचन भएको छ ।