Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का


कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का

काठमाडौँ । कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । समस्याग्रस्त घोषणा गर्दै राष्ट्र बैंकले कर्णाली विकास बैंकको जिम्मा आफैँले लिएको   छ । त्यसपछि आज, बिहीबारदेखि बैंकको संस्थापकलगायत सबै सेयर कारोबार रोक्का भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

बुधबार सार्वजनिक बिदा भएकाले सेयर कारोबार भएन । मंगलबार कारोबार बन्द हुँदा कर्णाली विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ८१० रुपैयाँ थियो । पछिल्लो एक वर्षको अवधिमा कर्णाली विकास बैंकको सेयर मूल्य प्रतिकित्ता कम्तीमा ३२० र बढीमा ८७० कायम भएको छ ।  राष्ट्र बैंकले यसअघि नेपाल बैंक, एनबी बैंकजस्ता ‘क’ वर्गका बैंक पनि टेकओभर गरेर स्थिति सुधार गरेको थियो ।