Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

२६ वर्षपछि सञ्चालनमा भएको पाटन विमानस्थलमा फेरि उडान बन्द


२६ वर्षपछि सञ्चालनमा भएको पाटन विमानस्थलमा फेरि उडान बन्द

काठमाडौं, भदौ १२ । २६ वर्षपछि सञ्चालनमा भएको पाटन विमानस्थलमा फेरि उडान बन्द धावनमार्गमा जहाज बस्दैन, टिकटक बन्छ
बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ। गएको डेढ वर्ष देखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका छन्। प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एयरले २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो। त्यसयता पाटन विमानस्थलबाट कुनै उडान हुन सकेको छैन। यात्रु अभावका कारण उडान भर्न नसकिने उक्त एयरका बैतडी प्रतिनिधि बताएका छन् ।

भाडा महँगो भएकै कारण यात्रुहरू पाउन मुस्किल छ। पाटन–धनगढी १७ मिनेटको हवाई दूरीका लागि सुरुमा ३ हजार सात सयमा हवाई उडान हुने गरेको थियो। पछिल्लो समय भने बढेर ५ हजार पुगेको थियो। हवाई सेवाका कारण यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवर्द्धन र व्यापार–व्यवसाय फस्टाउने अपेक्षा गरिए पनि सञ्चालनमा आएको एक वर्षमै विमानस्थल बन्द हुँदा हवाई सेवाबाट समेत वञ्चित हुनुपरेको स्थानीयवासीले बताए। डेढ वर्षयता पाटन विमानस्थलमा व्यावसायिक उडान नहुँदा झन्डै १६ करोडका संरचना प्रयोगविहीन बनेका छन्।

तीन वर्षअघि परीक्षण उडान सफल भएपछि खुसी भएका स्थानीय डेढ वर्षयता पाटन विमानस्थलमा जहाज नआउँदा संरचना प्रयोगविहीन बनेका हुन्। तीन वर्षअघि ११ करोड खर्च गरेर २० मिटर चौडा र पाँच सय ८० मिटर लामो विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको थियो। त्यसपछि करिब पाँच करोड खर्च गरेर टर्मिनल भवन निर्माणको कामसमेत सम्पन्न भइसकेको छ । विमानस्थल सञ्चालनमा आए बैतडीसँगै दार्चुलाका नागरिकले सेवा पाउने भए पनि बन्द हवाई सेवा सञ्चालनका लागि कसैले चासो नदिएको पाटनका अर्का स्थानीयवासी बताए। विमानस्थल सञ्चालनमा नआउँदा राज्यको लगानीको सदुपयोग नहुनाका साथै नागरिकले सेवासमेत पाउन सकेका छैनन् ।

नियमित हवाई उडान सेवा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणसँग समन्वय भइरहेको बताए। जहाज नआउँदा विमानस्थलको धावनमार्ग स्थानीयका लागि टिकटक बनाउने थलोका रूपमा परिणत भएको छ। उडान बन्द भएपछि अहिले धावनमार्ग टिकटक बनाउने, फोटो खिच्ने स्थलका रूपमा परिणत भएको हो । साथै धावनमार्गमा पनि घाँस उम्रिन थालेको छ । विमानस्थल संरक्षणका लागि बनाइएको घेरा पर्खाल भत्किनाका साथै तारजालीहरूसमेत चुँडिन थालेका छन् ।

द्वन्द्वका वेला विमानस्थलका संरचनामा आगजनी गरी ध्वस्त बनाइएपछि ०५२ सालयता पूर्ण रूपमा विमानस्थल बन्द थियो । २०३६ देखि ०५२ सम्म नियमित उडान हुने यस विमानस्थलमा द्वन्द्वका वेला आगजनी गरी ध्वस्त बनाइएपछि बन्द भएको थियो। २६ वर्षपछि ०७७ असोज १७ गते समिट एयरले नै परीक्षण उडान गरी असोज ३० गतेदेखि धनगढी–बैतडी–धनगढी साप्ताहिक रूपमा नियमित रूपमा हवाई सेवा सुरु गरेको थियो।