काठमाडौं, श्रावण १५ । एनसेल आजियाटा लिमिटेडले प्रयोगको समयमा आधारित बिन्दास डेटा प्याक नामक योजना ल्याएको छ । ग्राहकले जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि प्रयोग गर्न सक्ने पाँच घन्टाको अनलिमिटेड डेटा प्याक ल्याएको हो । प्याकको मूल्य ७५ रुपैयाँ तोकिएको छ । प्याकको समयावधि तीन दिनको रहेको बताइएको छ ।
यसको अर्थ, ग्राहकले कुनै डेटा भोल्युम सीमाविना तीन दिनसम्म कुल पाँच घन्टाका लागि अनलिमिटेड डेटा सेवा पाउने कम्पनीले बताएको छ । सुलभ दरमा निश्चित अवधिका लागि डेटा सेवा आवश्यक रहेका ग्राहकका लागि यो बिन्दास डेटा प्याक उत्तम विकल्प हुने कम्पनीको दाबी छ ।
जसमा ग्राहकले २५ रुपैयाँमा १२ घन्टा (बिहान पाँच बजेदेखि साँझ पाँच बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टकटाइम लिन सक्ने बताइएको छ ।