Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारमा लगातार गिरावट


सेयर बजारमा लगातार गिरावट

काठमाडौं, सेयर बजारमा लगातार  तेस्रो दिन पनि गिरावट आएको छ । गत आइतबार करिब साढे ३६ अंक, सोमबार साढे १२ अंकले घटेको नेप्से मंगलबार करिब १९.०६ अंकले घटेको हो । योसँगै नेप्से परिसूचक १ हजार ८ सय ८९.५९ विन्दुमा ओर्लेको छ। अघिल्लो दिनको तुलनामा यो ०.९९ प्रतिशतले कमी हो। नेप्सेमा १९ अंकको गिरावट, परिसूचक १९ सयभन्दा तल झर्‍यो नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएपछिको पहिलो कारोबार दिन आइतबार नेप्सेमा उच्च गिरावट आएको थियो।

यसलाई राष्ट्र बैंकको पछिल्लो नीतिगत संशोधनलाई लगानीकर्ताले सकारात्मक रूपमा नलिएको रूपमा विश्लेषण गरिएको छ। पछिल्ला महिनामा सेयर बजार बढ्न नसक्नुको प्रमुख कारकका रूपमा हेरिएको सेयर कर्जाको सीमा नेपाल राष्ट्र बैंकले गत बिहीबार बढाएर व्यक्तिका लागि १५ करोड र संस्थाका लागि २० करोड बनाएको छ। यसअघि यस्तो सीमा व्यक्ति र संस्था सबैका लागि १२ करोड रुपैयाँ थियो।

उक्त सीमा बढेसँगै सेयर बजारमा सुधार आउने अपेक्षाविपरीत आइतबार, सोमबार र मंगलबार नेप्से उच्च अंकले घटेको लगानीकर्ताको दाबी छ। लगानीकर्ताको अपेक्षा सेयर कर्जाको सीमा हट्ने वा धेरै माथि रहने अनुमान गरे पनि राष्ट्र बैंकले थोरै मात्र बढाएकाले बजारमा सकारात्मक असर नदेखिएको उनीहरुको भनाइ छ।मंगलबार ४४ हजार कारोबारबाट ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर किनबेच भएको छ।

उक्त किनबेचबाट १ अर्ब २८ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो। गत सोमबार सेयर बजारमा १ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो। मंगलबार कारोबारमा आएकामध्ये १९३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ३१ वटा कम्पनीको बढ्यो भने ९ वटाको सेयर मूल्य स्थिर रहेका छन् ।