Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बुढीगण्डकी जलविद्युत् आयोजनाको बुधबार उद्घाटन हुदैँ, प्रभावितद्धारा अधिकार सम्पन्न प्राधिकरण बनाउन माग


बुढीगण्डकी जलविद्युत् आयोजनाको बुधबार उद्घाटन हुदैँ, प्रभावितद्धारा अधिकार सम्पन्न प्राधिकरण बनाउन माग

काठमाडौं, २ साउन । लामो समयको प्रतीक्षापछि सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने भएका    छन् । योजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइ रहेको गोरखाको सिउरेनीटारमा आयोजनाको फिल्ड कार्यालय बुधबार उद्घाटन गर्ने तयारी गरिएको प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठले जानकारी दिए।

त्यसका लागि आवश्यक तयारी पूरा भएको उनको भनाइ छ। बुधबार हुने कार्यक्रममा धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालालाई निमन्त्रणा गरिएको छ। कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि सरकारले बुढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ।

काठमाडौंस्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरिसकेका छन्। सरकारले आयोजना प्रभावितलाई हालसम्म रु ३४ अर्ब ३० करोड बराबरको मुआब्जा वितरण गरिसकेको छ। यस्तै, घर गोठ, बोटबिरूवातर्फ रु छ अर्ब ७० करोड बराबरको मुआब्जा वितरण भइसकेको छ।

हाल मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ।आयोजना प्रभावितले अधिकार सम्पन्न प्राधिकरण बनाउन माग गर्दै आएका छन्। यस्तै, मुआब्जा वितरणको काम शीघ्र सम्पन्न गर्न तथा अन्य व्यवस्थापकीय कामलाई गति दिनसमेत उनीहरूको माग छ।