काठमाडौं । शैक्षिक सत्र २०८१ मा एसईई परीक्षाम समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको हो। मङ्सिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ। मङ्सिर मसान्तसम्म फाराम भर्दा ३०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ भने दोब्बर दस्तुरमा ६०० रुपैयाँ तोकिएको छ। दोब्बर दस्तुरका लागि पुस १ देखि १५ गतेसम्मको समय तोकिएको छ।