Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुरका सहकारी संस्थाहरुलाई ऋण उठाउनै हम्मेहम्मे, ऋणीले कुकुर छोड्ने गरेको गुनासो !


कीर्तिपुरका सहकारी संस्थाहरुलाई ऋण उठाउनै हम्मेहम्मे, ऋणीले कुकुर छोड्ने गरेको गुनासो !

काठमाडौं । सहकारी संस्थाहरुमा आर्थिक समस्या थपिदै गर्दा कीर्तिपुरका अधिकांस सहकारीहरुलाई ऋण उठाउन हम्मेहम्मे पर्दै गएको छ । पछिल्लो समय देशका विभिन्न शहरमा रहेका सहकारीहरु भाग्ने क्रम बढेपछि र संघीय राजधानी काठमाडौं कै चलेका ठुला सहकारीहरु समस्याग्रस्त घोषित भएसँग अन्य सहकारीहरुमा ऋण उठ्न छोडेको हो ।

कीर्तिपुर सहकारी संघ लि.मा आवद्ध ३९ वटा सहकारी संस्थाहरु तथा संघमा आवद्ध नभएका अन्य सहकारीहरु सञ्चालकहरु अहिले ऋण असुलीमा व्यक्त हुने गरेका छन् । सहकारीहरुमा समस्या बढ्दै गर्दा एक दिन सबै सहकारीहरु बन्द हुने हुन र ऋण तिर्नु पर्दैन भन्ने जस्ता सोच राखि शेयर सदस्यबाटै रकम असुली नभएको एक सहकारी सञ्चालकले भने, । हामी दिनप्रतिदिन शेयरसदस्यको दवावमा छौं ।

दिनहुँ निक्षेप फिर्ताको माग राख्दै कार्यालयमा शेयर सदस्यहरुको भिड हुने गर्छ, तर संस्थाबाट ऋण लिएका शेयरसदस्यहरुबाट रकम असुली हुन सकेको छैन् उनले भने । ‘कति शेयर सदस्यले ऋण उठाउनकालागि सहकारी संस्थाका प्रतिनिधि पुग्दा घरमा कुकुर छोडिदिने, गेट नखोल्ने तथा सहकारीका प्रतिनिधिहरुलाई वास्ता नगर्ने गरेको गुनासो बढ्दो छ’ ।

एक सहकारी सञ्चालकले विजनेस दर्शनसँग भने, ‘शिवशिखरका सञ्चालक भागेका छन्, तिमिहरुपनि भागे हुन्छ, पैसा दिनुपनि पर्दैन् हामीसँग ऋण उठाउनु पनि पर्दैन’ । शेयर सदस्यबाटै यस्ता गैर जिम्मेवारीपूर्ण अभिव्यक्तीले सहकारी थप समस्यामा रहेको उनको भनाई थियो ।

कीर्तिपुरका केहि ठुला सहकारीहरुमा अहिले निक्षेप फिर्ताको दवाव बढ्दो छ । यस्तो अवस्थामा ऋण असुली सबैभन्दा ठुलो चुनौति बन्दै गएको कीर्तिपुर सहकारी संघ लि.तथा कीर्तिपुर बहुउद्धेश्यीय सहकारी संघका अध्यक्ष दिलबहादुर महर्जनको भनाई छ । कीर्तिपुर नगरपालिका अन्र्तगतको सहकारी विभागमा शेयरसदस्यको बढ्दो उजुरी छ । सहकारी संस्थाहरुले निक्षेप फिर्ता दिदैन भन्ने ठुलो आशंका बढ्दो छ । यस्तो अवस्थामा भाका नाघेका ऋणीहरुबाट पनि रकम उठ्न नसकेको सहकारी सञ्चालकको गुनासो छ ।

गत पुसमा बार्षिक साधारण सभा सम्पन्न गरेका कीर्तिपुरका केहि ठुला सहकारी संस्थाबाट ठुलो रकम ऋण प्रवाह भएको छ । कीर्तिपुर स्थीत कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७९।८० मा कर्जा लगानी १०,७१,९०,८५२ रुपैयाँ गरेको छ । गत वर्ष ३०,५६,५३,३५९ रुपैयाँ रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, कीर्तिपुर नगाउँ स्थीति दर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो वार्षिक प्रतिवेदनमा कर्जा लगानीः आ.व. ०७८।७९ को अन्त्यमा कर्जा लगानी रु. १,१२,२३,१५,४६२।०० भएकोमा आ.व. ०७९।८० को असार मसान्तमा कर्जा लगानी सेवा केन्द्रहरु र निर्मल बुद्धभुमि साकोसको समेत समायोजन गर्दा २९.३२ प्रतिशतले रु. ३२,९०,२९,७५१।६० बृद्धि हुन गई आ.व. ०७९।८० को अन्त्यमा रु. १,४५,१३,४५,२१३।६० हुन गएको देखाएको छ ।

कर्जा लगानीमा बृद्धि भएको देखिएता पनि कुनै पनि नयाँ कर्जा संस्थाले लगानी नगरिएको र आ.व. ०७९।०८० माघ महिनाबाट नै सम्पूर्ण कर्जा लगानी निष्किृय गरेका सहकारीले जनाएको छ । संस्थाले नियमित रुपमा कर्जा असुली तर्फ कर्मचारीहरुलाई बिभिन्न मितिमा निरन्तर ताकेता गर्न र असुलीमा लाग्न संचालक समितिको बैठकबाट नै निर्देशन गरिएको जनाएको छ ।


त्यस्तै, अर्काे ठुलो सहकारी बाघ भैरव वचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७९।८० मा १२,६५,१४,२६८१ रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । यो गत आर्थिक वर्षको भन्दा १.५८ प्रतिशतले वृद्धि हो । गत वर्ष संस्थाले २२ दशमलब १८ प्रतिशत अर्थात १२,३५,४७,०३२४ रुपैयाँ कर्जा लगानी गरेको देखिएको छ । सहकारी संस्थाहरुले ऋण प्रवाह गर्ने र फिर्ता नहुने समस्या आजको होइन ।