काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा १२ लाख ९२ हजार भन्दा धेरैको हात खाली हुने भएको छ । अन्तिम दिनसम्ममा हाइड्रोपावरको आईपीओमा १३ लाख बढी आवेदकले निवेदन दिएका छन् ।
सीडीएससीका अनुसार मंगलबार साँझ ५ बजेर ७ मिनेटसम्म १३ लाख ५४ हजार ८४६ आवेदनकर्ताले एक करोड ५१ लाख २२ हजार २५० कित्ता शेयरका लागि आवेदन दिएका छन् । उक्त आवेदनबाट कम्पनीले एक अर्ब ५१ करोड २२ लाख २५ हजार रूपैयाँ संकलन गरेको छ । कम्पनीले ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयरका लागि आवेदन माग गरेको थियो । अन्तिम दिनसम्मको तथ्यांक अनुसार यो माग भन्दा २४.३४ गुणा बढी हो ।