Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दशैंको बेला स्वदेशी सुपारीले उचित मूल्य नपाएको भन्दै आन्दोलनमा उत्रिने किसानको चेतावनी


दशैंको बेला स्वदेशी सुपारीले उचित मूल्य नपाएको भन्दै आन्दोलनमा उत्रिने किसानको चेतावनी

झापा । कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् । झापा, इलाम, मोरङ, उदयपुर र सुनसारी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा आयातलाई प्राथमिकतामा राखेकाले स्वदेशी सुपारीले उचित मूल्य नपाएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।

नेपाल सुपारी खेती किसान पहल समितिका संयोजक गीताप्रसाद अधिकारीले किसानले जहिल्यै पनि समस्या भोग्नुपरेको उल्लेख गर्दै सुपारी किसानलाई सहजता प्रदान गर्न उत्पादन गरेको सुपारी सोझै तेस्रोमूलुक निर्यात गर्न पाउनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले नेपालमा सुपारी खेतीको बिस्तारमा सरकारले चासो देखाए पनि निर्यातलाई सहज नबनाउँदा किसान समस्यामा परेको बताए ।

‘काँचो सुपारी सोझै तेस्रो मूलुक निर्यात गर्न हामीले सहजै पाउनुपर्छ,’ अधिकारीले भने, ‘हाम्रो मागलाई बेवास्ता गरेमा दश लाख बढी सुपारी किसान एकैपटक आन्दोलनमा उत्रिन्छौँ ।’ उनले सुपारी किसानले कृषि विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल गर्दै आफ्ना माग पटकपटक राखिसकेको जानकारी दिए।

विलौचियामार्फत स्थानीयस्तारमा उत्पादित राम्रो सुपारी भारत जाने र भारतको नराम्रो, कुहिएको सुपारी उनीहरुमार्फत नेपाल आउँदासम्म पनि सरकारले बेवास्ता गरेको स्थानीय किसानहरुको गुनासो छ । सुपारी किसानको नाममा विभिन्न संस्था खोलेर विचौलिया हाबी हुँद किसान मर्कामा परेका उनीहरुको भनाइ छ ।

आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा १४ हजार ५६१ मेट्रिक टन सुपारी उत्पादन भएको थियो । झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा ४ हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुँदै आएको छ ।