Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गत आर्थिक वर्षको आयव्यय विवरण बुझाउन आज अन्तिम दिन


गत आर्थिक वर्षको आयव्यय विवरण बुझाउन आज अन्तिम दिन

काठमाडौं । गत आर्थिक वर्षको आयव्यय विवरण बुझाउन आज अन्तिम दिन हो।आयकर ऐनको दफा ९६ ले आर्थिक वर्ष सकिएको तीन महिनाभित्र (असोज मसान्तभित्र) आय विवरण बुझाउनु पर्ने व्यवस्था गरेको छ।

तर मनासिव कारण देखाएर निवेदन दिएमा आन्तरिक राजस्व विभागले थप तीन महिना ९पुस मसान्तसम्म० समय दिन सक्ने व्यस्था छ। यस्तो थपिएको समय आज सकिने भएका कारण गत वर्षको सम्पूर्ण आय विवरण आजसम्म बुझाउनुपर्ने हुन्छ।
यद्यपि एक करोडभन्दा कमको कारोबार गर्ने निकायलाई भने म्याद थप गरिएको थिएन।

त्यस्तै दफा ९८ ले तोकिएको समयमा विवरण बुझाउन नसके मनासिब कारण देखाइ निवेदन दिन सक्ने र त्यस्तो निवेदन मनासिब देखिएमा पटक–पटक वा एकै पटक गरी अधिकतम तीन महिना म्याद थप गर्न सक्‍ने व्यवस्था गरिएको छ।

अन्तिमपटक आयोगले गत मंसिर २३ गतेको निर्णयबाट म्याद थप गरेको थियो। यसअघि विभागले असोज ७ गते सूचना जारी गर्दै वार्षिक एक करोड बराबरको कारोबारमा आय विवरण बुझाउने म्याद थप नहुने अर्थात् असोज मसान्तभित्र नै बुझाउनु पर्ने बताएको थियो।

वार्षिक २५ करोड रूपैयाँ बराबरको कारोबार गर्ने निकायलाई मंसिर मसान्त र २५ करोडभन्दा बढी कारोबार गर्ने निकायलाई पुस २० गतेसम्म आय विवरण बुझाउन सक्ने गरी म्याद दिएको थियो। मंसिर २३ को निर्णयबाट भने पुस मसान्तको समय नै दिइएको हो। आज पनि आय विवरण नबुझाएमा भने त्यस्ता निकायलाई जरिमाना लाग्छ। गत आर्थिक वर्षमा गरेको सम्पूर्ण कारोबारको प्रतिवर्ष ०.१ प्रतिशतका दरले जरिमाना लाग्ने गर्छ ।