Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घट्यो


साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार २१.६३ अंकले घटेको सेयर बजार २७१४.८५ बिन्दुमा झरेर रोकिएको छ । आइतबार ०.७९ प्रतिशतले बजार घटेको हो ।

कुल ३ सय १६ धितोपत्रको ७९ हजार ३१ कारोबार भएको छ । कुल १ करोड ३९ लाख ७४ हजार ४ सय ५२ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४ सय ७ रुपैयाँ बराबर भएको छ ।

आइतबार व्यापार उपसूचक बाहेक सबै उपसूचकको मूल्य घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूहका लगानीकर्ताले आज घाटा बेहोरेका छन् । यस उपसूचकको मूल्य २.२५ प्रतिशतले घटेको छ । व्यापार उपसूचक भने ४.९२ प्रतिशतले बढेको छ । आइतबार सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाए ।

यस संस्थाको मूल्य ८.१९ प्रतिशतले बढेर २ हजार ३ सय ९० रुपैयाँ पुगेको छ । विशाल बजार कम्पनी, आरएसडीसी लघुवित्त वित्तीय संस्था, अपर हेवाखोला हाइड्रो सहित धितोपत्रको आज मूल्य बढेको छ ।

आइतबार ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो धितोपत्रको मूल्य ७.९१ प्रतिशतले घटेर १ हजार २ सय ५८ रुपैयाँमा झरेको छ । यस दिन पिपुल्स हाइड्रो, विन नेपाल लघुवित्त वित्तीय संस्था, प्रभु इन्स्योरेन्स, महालक्ष्मी विकास बैंकसहित लगानीकर्ताले धेरै गुमाएका छन् । हिमालयन रिइन्स्योरेन्सको आज धेरै कारोबार भएको छ ।